adv

रतुवामाईबाट जुवा खेल्ने १६ जना पक्राउ

मोरङ, ०६ मंसिर । मोरङको रतुवामाई नगरपालिका ८ बाट तास तथा जुवा खेलिरहेका १६ जना पक्राउ परेका छन् ।

शुक्रवार राती साँढे ११ बजे स्थानीय सागर गडतौलाको घरमा जुवा तास खेलिरहेको भन्ने बिषेश सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले नगद १ लाख ६९ हजार ६ सय ९५ रूपैयाँ सहित पक्राउ गरेकाे हाे ।

जुवा खेलिरहेका १६ जनासँगै कौडा १६ थान, एक बुङ तास, मोबायल थान १६, मोटरसाईकल १९ वटा र २ वटा कार  पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा रतुवामाई नगरपालिका ७ का ४७ बर्षीय डिल्लीराम चौलागाई, ३५ बर्षीय मोती पौडेल, ४३ बर्षीय रामनाथ मैनाली, ४१ बर्षीय देबी प्रसाद प्रसाई, ३७ बर्षीय रामनाथ नेपाल, ४५ बर्षीय हेमलाल प्रसाई, ४० बर्षीय नारायण चुडाल, रतुवामाई नगरपालिका ८ का ४४ बर्षीय सन्त ब. राई, ३५ बर्षीय सागर गडतौला, ४५ बर्षीय दिपक ढुङगाना, ४५ बर्षीय देबराज घिमिरे, ३८ बर्षीय अशोक भट्टराई, ३९ बर्षीय राजन हस्ता सतार, ४५ बर्षीय गोपी पराजुली, ३६ बर्षीय रबिन पोखरेल र बेलबारी नगरपालिका ७ का २२ बर्षीय गणेश श्रेष्ठ रहेका छन् ।

पक्राउ परेका निजहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु