दमक,६ मंसीर । झापाको दमकबाट गौहत्याको आरोपमा चार जनालाइ प्रहरीले पक्राउ गरेकाे छ ।
गाईको बाछो काटेर घरमा मासु लुकाइरहेको भन्ने गोप्य सूचनाका आधारमा दमक प्रहरीले हिजो बेलुका छापा मारेर दमक ७ का २० वर्षिय बब्लु अली , सोही ठाउँका ४२ वर्षिय ढकराज रामदाम , २७ वर्षिय छोटे अली र २९ वर्षिय प्रदीप सुवेदीलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।
उनीहरुले बिहीबार बेलुका नै बाछो काटेर केही मासु खाइसकेका र करिव १० केजी मासुुसहित उनीहरुलाई पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक विजयराज पण्डितले बताए ।
उनीहरुमाथि गौहत्याको आरोपमा कार्वाही चलाइने तयारी भईरहेको प्रहरी नायव उपरीक्षक पण्डितले जानकारी दिए । हाम्रोदमकबाट

