adv

दुर्घटनाबाट दुई जनाको मृत्यु

मोरङ,०९ मंसीर ।मोरङको बिराटनगर-१३ कोशीप्रोजेक्ट स्थितमा मोटरसाईकलको ठक्करबाट साईकल यात्रीको मृत्यु भएको छ ।

आज दिउसो पौने ४ बजे को ३९ प ९९९३ नम्बरको मोटरसाईकलले साईकल यात्री बिराटनगर-१५ बस्ने ६० बर्षीय रतन साहलाई ठक्कर दिदा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

ठक्कर दिने मोटरसाईकल र चालक बिराटनगर १५ का देवी प्रसाद अधिकारी नियन्त्रणमा रहेको उक्त कार्यालयले जनाएको छ ।

यसै गरी मोरङ कहटरी -१ स्थित भित्रि सडक खण्डमा अटो चालकको मृत्यु भएको छ ।
आज दिउसो पौने ३ बजे को २ ह ५४९२ नम्बरको अटो चालक विराटनगर-२ का ३५ बर्षीय सुनिल मण्डलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

उनि अटो बाट आफै लडेर मृत्यु भएको भन्ने खबर प्राप्त हुनसाथ प्रहरी टोली खटि गई घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु