adv

सुनको मूल्यमा प्रतितोला एक हजार ८०० ले घट्यो

काठमाडौं  । स्थानीय बजारमा सुनको मूल्यमा प्रतितोला एक हजार ८०० ले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार छापावाला सुन प्रतितोला ९२ हजार ५०० मा कारोबार भएको छ ।

सोमबार प्रतितोला  ९४ हजार ३०० मा कारोबार भएको छापावाला सुन मंगलबार एक हजार ८०० ले ओरालो लागेको हो । यस्तै तेजाबी सुन प्रतितोला ९२ हजारमा कारोबार भएको छ । सोमबार तेजाबी सुन प्रतितोला  ९३ हजार ८०० मा कारोबार भएको थियो । यस्तै चाँदीको मूल्यसमेत ओरालो लागेको छ ।

सोमबार चाँदी प्रतितोला  एक हजार २१० मा कारोबार भएकामा आज प्रतितोला ३० ले ओरालो लागेर एक हजार १८० रुपैयाँमा कारोबार भएको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु