adv
adv

बिर्तामोडका उपप्रमुख पवित्रा महतारा प्रसाईलाई पनि कोरोना पुष्टि

बिर्तामोड , १० मंसिर  । बिर्तामोड नगरपालिकाका नगर प्रमुख धु्रवकुमार शिवाकोटीपछि उपप्रमुख पवित्रा महतारा प्रसाईलाई पनि कोरोना संक्रमण देखिएको छ ।

उनलाई हिजो संक्रमण पुष्टि भएको बिर्तामोड नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । मंसिर ६ गते नगर प्रमुख शिवाकोटीलाई संक्रमण पुष्टि भएको थियो । त्यसपछि उपप्रमुख प्रसाई होम आइसोलेसनमा बसेकी थिइन् । होम आइसोलेसनमा बसेको ५ दिनपछि पिसिआर परीक्षण गर्दा उनलाई पोजिटिभ देखिएको थियो । संक्रमण पुष्टि भएपछि उपप्रमुख प्रसाई होम आइसोलेसनमै रहेकी छन् ।

उनलाई ज्वरो आउने, टाउको र घाटी दुख्ने जस्ता लक्षण देखिएको श्रीमान् ज्ञानुराम प्रसाईले बताए । हिजो बिर्तामोडमा एक स्वास्थ्यकर्मीसहित १० महिला र १३ पुरुष गरी २३ जनालाई संक्रमण पुष्टि भएको थियो । बिर्तामोडमा हालसम्म ५५९ जनालाई संक्रमण पुष्टि भएको छ । जसमध्ये ३९० जना निको भएका छन् ।

Advertise Expired !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु