adv

झापामा बुधबार थप ९४ जनामा कोरोना पुष्टि

झापा । झापामा बुधबार ९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य कार्यालय झापाका अनुसार झापा गाउँपालिकामा ३४, भद्रपुरमा २२, दमकमा ११, विर्तामोडमा ५, अर्जुनधारामा ५, शिवसताक्षीमा ३, कनकाई, बुद्धशान्ति, हल्दिबारी, मेचीनगर, र गौरादहमा २-२ र गौरीगञ्ज र स्थानीय तह नखुलेका १-१ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

झापामा बुधबार कोरोना संक्रमणबाट भद्रपुर नगरपालिका वडा नं ७ का ६५ वर्षिय महिलाको मृत्यु भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

हालसम्म झापामा कुल संक्रमितको संख्या ३५६६ पुग्दा २३५० जना संक्रमण मुक्त भएर घर फर्किएका छन् भने सक्रिय संक्रमितको संख्या १११६ रहेकोे छ ।

झापामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १०० पुगेको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु