झापा ,११ मंसिर । झापामा आज विहिवार थप ७४ जनामा कोरोना संक्रमण भएको छ ।
स्वास्थ्य कार्यांलय झापाका कोभिड फोकल पर्शन जीवन चौलागाईंले दिनु भएको जानकारी अनुसार आज ३० महिला र ४४ पुरुषमा कोरोना संंक्रमण भएको हो ।
आज थप संक्रमण भएकाहरुमा दमकमा १५, बिर्तामोडमा १४, अर्जुनधारामा ८, कन्काईमा ७, मेचीनगरमा ६, भद्रपुर र शिवसताक्षीमा ४/४ जना ,बुद्धशान्तिमा ३, कमल र झापा गाउँपालिकामा २/२ जना र गौरादहमा १ जना रहेका छन् ।
यस्तै झापामा आज २ जना संक्रमितको निधन भएको छ ।
बिर्तामोड ८ का ७९ बर्षीय पुरुष र शिवसताक्षी ९ का ७२ बर्षीय पुरुष रहनु भएको कार्यालयले जनाएको छ ।
झापामा कोरोनाका सक्रिय संक्रमितको संख्या ११४० रहँदा आजसम्म १०५ जनाको निधन भएको छ ।

