झापा । भद्रपुर जेसीजले जेसीज सप्ताह २०२० को ५ औं कार्यक्रम अन्र्तगत भद्रपुर नगरपालिका मावी स्तरीय अन्तर मावि हाजीरी जवाफ प्रतियोगिता सम्पन्न गरेको छ ।
भद्रपुरको सामुदायीक भवनमा विहिवार सम्पन्न प्रतियोगितामा सहभागी ५ वटा विध्यालय मध्ये प्रथम विरेन्द्र मावि चन्द्रगढी ,द्धितीय सगरमाथा मावि पृथ्वीनगर र तृतीया स्थानमा विजयी हुने पुहांतुजनज्योती मावी चन्द्रगढीलाई नगद सहित टी सर्ट र प्रमाण पत्र पुरस्कार प्रदान गरिएको हो ।

कार्यक्रमकी प्रमुख अतिथि भद्रपुर नगरपालिकाकी उपप्रमुख चन्द्रमाया श्रेष्ठ ,अध्यक्ष डिल्लीराम पोखरेल ,महासचिव निकास पाण्डे लगायतका जेसीज पद्धाधीकारीहरुले प्रथम , द्धितीया र तृतीया स्थान हांसिल गर्ने विद्यालयहरुलाई क्रमशः नगद रु तीन हजार ,दुईहजार एक सय र १ हजार ५ सय सहित जेसीज टि सर्ट र विजयी प्रमाण पत्र प्रदान गरेका थिए ।
यहि मंसिर ४ गतेबाट सुरु गरिएको सप्ताहको भद्रपुर जेसीजले विभिन्न समाजिक कार्यहरु गर्दै सप्ताहको यहि मंसिर १३ गते समापन गरिने अध्यक्ष पोखरेलले जानकारी दिए ।
कार्यक्रम भद्रपुर जेसीज बर्ष २०२० का अध्यक्ष डिल्लीराम पोखरेलको अध्यक्षता तथा महासचिव निकास पाण्डेको संचालनमा सम्पन्न गरिएको थियो ।
कार्यक्रमको स्वागत मन्तव्य कार्यक्रम संयोजक अरिफ अली , कार्यक्रम माथी प्रकाश मनोज भट्टराई र जेसीज आश्था वाचन मनोज तिमसिनाले गरेका थिए ।
कार्यक्रममा जेसीज पुर्व अध्यक्षहरु लगाएतका जेसीज पदाधीकारी हरुको उल्लेखनीय मात्रामा सहभागिता रहेको थियो ।

