adv

झापामा थप दुई जना कोरोना संक्रमितको मृत्यु

झापा । झापामा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा एक बृद्धा र अर्का पुरुष रहेका छन् ।

गौरादह नगरपालिका वडा नं १ की ८५ वर्षिया पदमकुमारी न्यौपानेको कोरोना संक्रमणबाट गएराति घरमै मृत्यु भएको हो । उनले मंसिर ११ गते नोवेल हस्पिटलमा पिसिआर परीक्षण गरेकी थिइन् । मंसिर १२ गते उनको रिपोर्ट पोजेटिभ आएको थियोे । हस्पिटलबाट उनलाई घर ल्याइएको र घरमै मृत्यु भएको गौरादह नगरपालिकाका प्रवक्ता नगेन्द्र भण्डारीले बताए ।

योसंगै गौरादहमा अहिलेसम्म कोरोना संक्रमणबाट १४ जनाको मृत्यु भएको छ ।

त्यस्तै बिर्तामोडको बिएण्डसी हस्पिटलमा एक पुरुषको मृत्यु भएको छ । इलाम नगरपालिका वडा नं ८ का ३४ वर्षिय कुवेर बस्नेतको गएराति मृत्यु भएको हो ।

मंसिर ४ गते उनलाई संक्रमण पुष्टि भएको थियो । मृतकको शवलाई कन्काईमाईमा नेपाली सेनाले अन्त्येष्टि गर्ने तयारी गरिरहेको जनाइएको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु