झापा । गायक बिकास तुम्बापो लिम्बूको ‘मिलनको पर्खाइ’ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । भ्वाइस अफ नेपालको फाइनललिस्ट समेत रहेका तुम्बापोको नयाँ गीत आफ्नै युटुव च्यानल बिकास लिम्बुबाट सार्वजनिक गरेको हो।

पूर्वी पाँचथरको लब्रेकुटी , चोकमागु, फिदिम लगायतको सुन्दर ठाउँहरुमा छायांकन भएको गीतमा गरिबीको बाध्यताले विदेशिनु परेको कथालाई देखाइएको छ । सुरज तामाङको शब्द र संगीत रहेको गीतको भिडियोमा बिकास तुम्बापो लिम्बू र अनु श्रेष्ठको अभिनय रहेको छ ।
योगेश दाहालको सिनेमाटोग्राफी रहेको म्यूजिक भिडियो युवा निर्देशक, गायक सुरज तामाङले निर्देशन गरेका हुन् ।

