adv

भद्रपुरबाट ब्राउनसुगर सहित दुई भारतिय नागरिक पक्राउ

झापा, १४ मंसिर । झापाको भद्रपुर-४ नरसिंह बगान स्थितबाट लागुऔषध खैरोहिरोईन ब्राउनसुगर सहित दुई भारतिय नागरिक पक्राउ परेका छन । पक्राउ पर्नेमा भारत बिहार गलगलिया-४ का १९ बर्षीय महमद जबर र सोही स्थानका ५९ बर्षीय ऐजुब महमद अली रहेका छन ।

बिशेष सुराकका आधारमा वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई आज विहान ११ बजे नियन्त्रणमा लिएको थियो ।

नियन्त्रण पश्चात उनिहरु उपर चेकजाँच गर्दा ५ ग्राम खैरोहिरोईन ब्राउनसुगर फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उनिहरु उपर थप अनुसन्धान भइरहेको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु