adv

सुनकाे मूल्य तोलामा ६ सय रुपैयाँले घट्यो

काठमाडौँ । साताकाे पहिलाे दिन आज (आइतबार) नेपाली बजारमा सुनकाे मूल्यले ओरालाे यात्रा तय गरेकाे छ । आइतबार सुनकाे मूल्य तोलामा ६ सय रुपैयाँले घटेर प्रतिताेला ९० हजार ७ सय रुपैयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै, आइतबार तेजावी सुनको मूल्य पनि ताेलाकाे ६ सय रूपैयाँले नै घटेर प्रतितोला ९० हजार २ सय रुपैयाँ कायम भएको छ । त्यसैगरी, आइतबार चाँदीकाे मूल्य पनि ताेलाकाे १५ रुपैयाँले घटेर प्रतिताेला एक हजार एक सय ५० रूपैयाँमा काराेबार भइरहेकाे महासंघले बताएकाे छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु