adv
adv

फाकफोकथुम लुम्देमा पिकअप पल्टिदा २ जनाको मृत्यु

इलाम । इलामको फाकफोकथुम गाउँपालिका–५ लुम्देमा पिकअप पल्टिदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा माई–९ वोरुङका बिमल भनिने दिनेश लिम्बु र ईलाम नगरपालिका–११ सोयाक निर्फुकका नविन वुलुन रहेका छन् । उनीहरुको घटनास्थलमा नै मृत्यु भएको हाे ।

माई नगरपालिकाबाट सामान लिई गएको को २ च १५ नम्बरको पिकअप लुम्देबाट तरकारी बोकेर फर्कने क्रममा थुम्कीडाँडावाट करिब ३ सय मिटर तल खसेको थियो । रात परेको कारण दुवै जनाको शवलाई भिरवाट निकाल्न नसकिएको घटना स्थलमा रहेका फाकफोकथुम गाँउपालिकाका अध्यक्ष रामकुमार श्रेष्ठले बताए ।

उनका अनुसार दुर्घटना भएको क्षेत्रमा सवारीसाधनको सुरक्षाको लागि करिब ५ फुटको बार लगाइएको भएपनि पिकअपले त्यसलाई नछोइ भिरबाट तल खसेको छ । गम्भिर घाईते भएका माई–१ का विकास तामाङलाई उपचारका लागि ईलाम तर्फ ल्याइएको सवारीधनी सचिन राईले जानकारी दिए ।  राईका अनुसार ब्रेकफेल भइ अनियन्त्रित हुदा सडकवाट पिकअप खसेको थियो । मृतकहरु मध्ये एक जना गाडी भित्र चेपिएका छन् भने एक जना भिरमा नै अड्किएका छन् । घटनास्थलमा भरखरै मात्र प्रहरी पुगेको छ ।

adv

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु