adv
adv

दमकका एक कोरोना संक्रमित वृद्धाको धरानमा मृत्यु

दमक,१६ मंसिर । कोरोना संक्रमणवाट आज दमकका थप एक जना संक्रमित वृद्धाको मृत्यु भएको छ ।

दमक ३ की ८२ बर्षिया एक महिलाको उपचारका क्रममा आज बिहान ७ बजे धरानस्थित वीपी कोभिड उपचार केन्द्र धरानमा मृत्यु भएको हो ।
नगरपालिकाको स्वास्थ्य शाखाका कुबेर भट्टराईका अनुसार उनलाई केही दिन अघि उपचारका लागि त्यसतर्फ पठाइएको थियो । उनको अन्त्येष्टीका लागि अहिले शव ल्याउने काम भइरहेको बताइएको छ ।

योसंगै दमकमा कोरोना संक्रमित मृतकको संख्या ३१ पुगेको छ ।

adv

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु