adv

सुनको मूल्य प्रतितोला पाँच सय रुपैयाँले बढ्यो

काठमाडौं, १६ मंसिर । सुनको मूल्य प्रतितोला पाँच सय रुपैयाँले बढेको छ । सोमबार ९० हजार रुपैयाँमा करोबार भएको छापावाल सुनको भाउ मंगलबार ९० हजार पाँच सय रुपैयाँ तोकिएको छ ।

यस्तै चाँदीको मूल्यपनि सोमबारको तुलनामा प्रतितोला ३५ रुपैयाँले बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

संघले तेजाबी सुनको मूल्य भने ९० हजार ५० रुपैयाँ तोकेको छ । अघिल्लो साता तोलामा तीन हजार रुपैयाँले सुनको मूल्य घटेको थियो । आइतबार र सोमबार पनि निरन्तर घटेको सुनको मूल्य मंगलबार भने बढेको हो ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु