adv

बलिउड अभिनेता सनी देओललाई कोरोना पुष्टि

काठमाडौं । बलिउड अभिनेता सनी देओललाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

देओलले बुधबार ट्वीट गरेर आफूलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी गराएका छन्। साथै उनले पछिल्लो समय आफ्नो सम्पर्कमा आएकाहरुलाई आइसोलेसनमा बसेर कोरोना जाँच गराउन पनि आग्रह गरेका छन्।

उनले आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको र हाल आइसोलेसनमा बसेको जानकारी दिएका छन्।

उनी पछिल्लो केही दिनदेखि हिमाचल प्रदेशको कुल्लू जिल्लामा थिए। भारतीय जनता पार्टी (भाजपा)का सांसदसमेत रहेका उनी आफ्ना साथीहरुका साथमा मुम्बई फर्कने योजनामा थिए। तर कोरोना संक्रमण भएपछि उनी रोकिएका छन्।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु