
पाँचथर । पाँचथरको मिक्लाजुङ गाउँपालिकाले पालिकाका ८८ जना किसानलाई प्रोत्साहन स्वरुप पुरस्कार वितरण गरिएको छ ।
गाउँपालिकाका अध्यक्ष अमर माखिमका अनुसार ४० मुरीभन्दा बढी धान फलाउने ४२ जना र तोकिएको मापदण्डअनुसार मकै फलाउने ४६ जना किसानलाई पुरस्कार दिइएको हो । किसान बलबहादुर भण्डारीले भने मकै र धान दुवैमा तोकिएको मापदण्ड पूरा गरेकाले दुई लाख रुपैयाँ पाउनु भएको छ ।

