काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ४ सय ९० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
यससँगै नेपालमा हालसम्म कोरोना संक्रमितको कुल संख्या २ लाख ३६ हजार २ सय ४६ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार देशभर १ हजार ५ सय ६७ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। यससँगै डिस्चार्ज हुनेहरुको कुल संख्या २ लाख १८ हजार १ सय ६१ पुगेको छ।
पछिल्लो २४ घण्टा ८ हजार ३०० सय पीसीआर परीक्षण भएको छ। हाल देशभर १६ हजार ५ सय ४७ जना सक्रिय संक्रमित छन् भने ६ सय ५ जना क्वारेन्टिनमा छन्।
यस्तै पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ।
यससँगै नेपालमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ५ सय ३८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

