झापा, १६ मंसिर । झापामा आज बुधबार थप ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा १० जना महिला रहेका छन् भने २१ जना पुरुष रहेका छन् ।
स्वास्थ्य कार्यालय झापाका अनुसार आज संक्रमण पुष्टि हुनेहरु सबै स्थानिय रहेका छन् । जसमा दमकका २, बिर्तामोडका ४, मेचिनगरका ६, भद्रपुरका २, कनकाईका २, हल्दिबारीका १, अर्जुनधाराका १, कचनकवलका १, शिवसताक्षीका ३, बाह्रदशीका ५ र अन्य ठेगाना भएका ४ जना गरि ३१ जनामा संक्रमण पुष्टि भएको छ ।
जिल्लामा आज सम्मको कुल कोरोना संक्रमितको संख्या तीन हजार ९५१ पुगेको छ भने डिस्चार्ज हुनेको संख्या दुई हजार ६०९ रहेको छ । हालसम्म आइसोलेसनमा रहेका सक्रिय संक्रमितको संख्या एक हजार २२८ रहेको छ । त्यस्तै होन आइसोलेसनमा एक हजार २२० जना रहेको जनाइएको छ ।
झापा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दमक २ का ६७ वर्षीय पुरुष रहेका छन् । योसँगै झापामा कोरोनाले ज्यान गुमाउनेको संख्या ११४ पुगेको छ ।

