adv

सुनको मूल्य प्रतितोला १६ सयले बढ्यो

काठमाडौँ । सुनको मूल्य बिहिबार १६ सयले बढेको छ। बुधबार प्रतितोला ९१ हजारमा कारोबार भएको सुन बिहिबार ९२ हजार ६०० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महसंघले जनाएको छ।

यस्तै तेजाबी सुनमा पनि १६ सय नै वृद्दि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार प्रतितोला ९० हजार ५५० मा कारोवार भएको तेजाबी सुन बिहिबार प्रतितोला ९२ हजार १५० मा खरीदबिक्री हुने गरी मूल्य निर्धारण गरिएको छ ।

यस्तै चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले वृद्धि भएको छ । बुधबार प्रतितोला एक हजार १८५ मा कारोबार भएको चाँदी बिहिबार प्रतितोला एक हजार २०५ मा खरीदबिक्री भएको छ महासंघले जनाएको छ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु