adv

भारतमा कोरोनाबाट संक्रमित हुनेको संख्या ९५ लाख बढी

काठमाडौं । भारतमा कोरोनाबाट संक्रमित हुनेको संख्या बिहीबारसम्ममा ९५ लाख नाघेको छ । भारतमा २४ घण्टामा कोरोना संक्रमित हुनेको संख्या ३५ हजार ५५१ रहेको छ । कूल संक्रमित ९५ लाख ३४ हजार ९६५ मध्ये सक्रिय संक्रमितको संख्या ४ लाख २२ हजार ९४३ रहेको छ ।

भारतमा हालसम्म ८९ लाख ७३ हजार व्यक्ति संक्रमणमुक्त भएका छन् । विगत २४ घण्टामा ५२६ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । यो सहित भारतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या एक लाख ३८ हजार ६४८ पुगेको छ ।

भारतीय स्वास्थ्य अनुसन्धान परिषदले देशभर १४ करोड ३५ लाख नमूना परीक्षण गरिएको जनाएको छ । भारतमा विगत २६ दिनदेखि ५० हजारभन्दा कम व्यक्ति संक्रमित भेटिएका छन्। पछिल्लो पटक गत नोभेम्बर ७ मा ५० हजार व्यक्ति संक्रमित भेटिएका थिए ।

भारतीय राज्य महाराष्ट्रमा सक्रिय संक्रमितको संख्या अझै ८८ हजार ५३७ छ । यस राज्यमा ४७ हजार ३५७ जनाको मृत्यु भइसकेको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु