adv

कोरोना अपडेटः १ हजार ३४३ जनामा कोरोना पुष्टि,२ हजार १११ जना डिस्चार्ज ,१३ जनाको मृत्यु

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३ सय ४३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
यससँगै नेपालमा हालसम्म कोरोना संक्रमितको कुल संख्या २ लाख ३७ हजार ५ सय ८९ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार देशभर २ हजार १ सय ११ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। यससँगै डिस्चार्ज हुनेहरुको कुल संख्या २ लाख २० हजार २ सय ७२ पुगेको छ।

हाल देशभर १५ हजार ७ सय ७६ जना सक्रिय संक्रमित छन् भने ५ सय ७६ जना क्वारेन्टिनमा छन्।

हाल देशभर ३८८ जना संक्रमितको आईसीयु र ६५ जना संक्रमितको भेन्टिलेटरमा उपचार भरहेको छ। पछिल्लो २४ घण्टामा ९ हजार २८९ पीसीआर परीक्षण भएको छ।

यस्तै नेपालमा पछिल्लो २४ घण्टामा थप १३ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

यससँगै देशभर कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ हजार ५ सय ५१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु