adv

इलाम नगरपालिकाका १२ वटै वडालाई निषेधित क्षेत्र घोषणा,अत्यावश्यक सेवा बाहेकका सबै सेवा बन्द

इलाम । इलाम नगरपालिकाका १२ वटै वडालाई निषेधित क्षेत्र घोषणा गरी सम्पूर्ण सेवा भोलिबाट बन्द हुने भएको छ । पालिकामा निरन्तर कोरोना भाइरसबाट संक्रमितहरुको संख्या बढ्दै गएकाले मंसिर १९ देखि २४ गतेसम्मका लागि सम्पूर्ण सेवा बन्द गरिएको हो ।

यस अवधिभर पालिकाका सम्पूर्ण विद्यालयहरु बन्द गर्ने, आगामी मंसिर २१ गतेबाट सञ्चालन हुने कक्षा ११ को परीक्षा मंसिर २६ गतेबाट सञ्चालन गरिने, अत्यावश्यक सेवाहरु (खानेपानी, दमकल, एम्बुलेन्स, आकस्मिक स्वास्थ्य सेवा) बाहेकका सम्पूर्ण सेवा बन्द गर्ने नगरपालिकाको कार्यालय इलामले सूचना जारी गर्दै सर्वसाधारणलाई जानकारी गराएको छ ।

पूर्वाधार निर्माण सेवा भने निरन्तर जारी रहने इलाम नगरापालिकाका प्रशासकीय अधिकृत राम शाहले जानकारी दिए । उनले भने, ‘स्वास्थ्यसम्बन्धि मापदण्ड पूरा गरी २५ जनाभन्दा कम मजदुर राखेर निर्माण कार्य जारी राख्ने नगरको निर्णय छ ।’

यस्तै खाद्य सामग्री ढुवानीका गाडी अपरान्ह ४ बजेपछि मात्र सञ्चालन अनुमति दिइएको छ । यस समयमा पालिकाको निर्णय विपरीत कार्य गरे वा गराए र प्रचलित स्वास्थ्य सम्बन्धि मापदण्ड उल्लङ्घन गरे संक्रमक रोग नियन्त्रण ऐन २०२० बमोजिम कारवाही गरिने पालिकाले जनाएको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु