झापा, १९ मंसिर । झापामा पछिल्लो २४ घण्टामा २६ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । जसमा ९ जना महिला रहेका छन् भने १७ जना पुरुष रहेका छन् ।
आज संक्रमण पुष्टि हुनेहरु सबै स्थानिय रहेका छन् । जसमा दमकका ५, बिर्तामोडका ४, भद्रपुरका २, मेचिनगर र बुद्धशान्ति ३ ३, शिवसताक्षी र झापा ४–४ र अन्य ठेगाना भएका १ जना गरि २६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।
जिल्लामा आज सम्मको कुल कोरोना संक्रमितको संख्या चार हजार ३६ पुगेको छ भने डिस्चार्ज हुनेको संख्या दुई हजार ७४३ रहेको छ । हालसम्म आइसोलेसनमा रहेका सक्रिय संक्रमितको संख्या एक हजार १७८ रहेको छ । त्यस्तै होन आइसोलेसनमा एक हजार १६७ जना रहेको जनाइएको छ ।
जिल्लाको मेचिनगरमा आज एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । योसँगै झापामा कोरोनाले ज्यान गुमाउनेको संख्या ११५ पुगेको छ ।

