adv

काँकरभिट्टामा एक दिवशीय अन्तर्क्रिया सम्पन्न

काँकरभिट्टा । ‘बाल विवाह तथा कम उमेरमा हुने विवाह न्यूनिकरण परियोजना’ अन्तर्गत जनप्रतिनिधि तथा सरोकारवालासँग शुक्रबार अन्र्तक्रिया गरिएको छ ।

झापाको मेचीनगर, कचनकवल र बाह्रदशी गाउँपालिकामा सो परियोजना सञ्चालन गर्दै आएको महिला जनचेतना केन्द्र काँकरभिट्टाले उक्त अन्र्तक्रिया आयोजना गरेको हो ।

छलफलका क्रममा एम्नेष्टि इन्टरनेशनल नेपालका पूर्व अध्यक्ष हेमकुमार खड्काले बलात्कारका घटनाले समाजमा डरलाग्दो रुप लिईरहनु चिन्ताजनक विषय भएको बताए ।

जुनसुकै अपराधका घटनामा पनि फाँसीको सजाय मानव अधिकार विपरीत भएकाले संयुक्त राष्ट्र संघले जारी गरेको मानव अधिकार सम्बन्धी घोषणा पत्रले मृत्युदण्डलाई नस्वीकार्ने मानव अधिकारकर्मी खड्काले स्पष्ट पारे ।

समाजमा चेतनाको स्तर बढ्दै गएपनि अपराधका घटनामा कमी नआएकोप्रति चिन्ता प्रकट गर्दै खड्काले हिंसाजन्य घटना न्यूनिकरण गर्न हरेक व्यक्ति सचेत र संवेदनशील बन्नुपर्नेमा जोड दिए ।

त्यसक्रममा राष्ट्रिय महिला आयोगकी उजुरी व्यवस्थापन अधिकृत विमला खड्काले पछिल्लोसमय लैंगिक हिँसाका घटना विकराल बनिरहेको चर्चा गरिन् ।

घटनाका पीडित पक्षलाई न्याय दिलाउन आयोगले निर्वाह गर्दै आएको भूमिका बारे स्पष्ट पार्दै अधिवक्ता खड्काले स्थानीय सरकार गठनपछि बनेको न्यायिक समिति हिंसा निवारणमा सहयोगी बन्दै गएको बताईन् ।

उक्त कार्यक्रममा मेचीनगर वडा नम्बर ५ का अध्यक्ष योगेन थापा, जनप्रतिनिधिहरु धिरावती लिम्बू, लक्ष्मी थिङ तामाङ, देवीप्रसाद सुवेदी, चन्द्रकुमारी विक, रुपा गुरुङ, समाजसेवी मैयाँ प्रसाईंलगायतको उपस्थिति थियो ।

आयोजक संस्थाकी अध्यक्ष भुवन सुब्बाको अध्यक्षतामा भएको सो कार्यक्रममा संस्थापक अध्यक्ष एवं कार्यकारी प्रमुख राधा प्रधान कार्कीले स्वागतसहित औचित्यबारे प्रकाश पारेकी थिईन् ।

महिला हिंसा विरुद्धको १६ दिने अभियानका क्रममा अन्र्तक्रिया आयोजना गरिएको कार्यक्रम सञ्चालक तथा संस्थाका कार्यक्रम संयोजक मणिकुमार लिम्बूले जानकारी दिए ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु