adv

अबदेखी एक बैंकको एटीएम कार्ड अर्को बैंकमा प्रयोग गर्दा शुल्क लाग्‍ने

काठमाडौँ । शुक्रबारदेखि एउटा बैंकले जारी गरेको एटीएम कार्ड अब अर्को बैंकको एटीएममा प्रयोग गर्दा शुल्क लाग्ने भएको छ।

नेपाल राष्ट्र बैंकले बिहीबार मौद्रिक नीतिको समीक्षा गर्दै अबदेखि एटीएम शुल्क लिन पाउने व्यवस्था गरेको  राष्ट्र बैंकका सूचना अधिकारी गुणाकर भट्टले जानकारी दिए।


उनका अनुसार अब बैंकहरूले साविककै व्यवस्था अनुसार अन्तर बैंक एटीएम प्रयोगमा शुल्क लिन पाउनेछन्।

यसअघि नेपाल राष्ट्र बैंकले जुनसुकै बैंकको एटीमएमबाट पैसा निकाले पनि शुल्क नलिन बैंकहरुलाई निर्देशन दिएको थियो।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु