बिर्तामोड ,२१ मंसिर । झापा बिर्तामोडकी एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।मृत्यु हुनेमा बिर्तामोड नगरपालिका वडा नं २ की ४५ वर्षिया मन्जु मैनाली रहेकी छन् ।
उनको उपचारका क्रममा धरानको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गएराति १.३० बजे मृत्यु भएको हो ।
उनी मंसिर १८ गते धरान गएकी थिइन् । त्यहाँ पिसिआर परीक्षण गराउँदा कोरोना पोजिटिभ देखिएपछि उनलाई त्यही भर्ना गरिएको थियो । मृतकको लाशलाई धरानबाट ल्याएर कनकाई माईमा नेपाली सेनाद्वारा अन्त्येष्टि गर्न लागिएको बिर्तामोड नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।
योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको सँख्या बिर्तामोडमा १३ पुगेको छ ।

