adv

मोटरसाईकलको ठक्करबाट शिबसताक्षीका बिष्टको मृत्यु

झापा,२१ मंसिर। झापा शिबसताक्षी-८ स्थित राजमार्गमा मोटरसाईकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा शिबसताक्षी-११ का ३२ बर्षीय रमेश बिष्ट रहेका छन ।

शनिवार राती सवा ९ बजे को २ प ६९७० नम्बरको मोटरसाईकलले पैदल हिडिरहेका बिष्टलाई ठक्कर दिदा उनि गम्भिर घाईते भएका थिए ।

गम्भिर घाईते भएका बिष्टको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा राती पौने १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

ठक्कर दिने मोटरसाईकल र चालक शिबसताक्षी-७ बस्ने सन्तोष बेगा नियन्त्रणमा रहेको उक्त कार्यालयले जनाएको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु