adv

दमकमा पहिलो पटक रेटिना (आँखाको पर्दा) सम्बन्धी सेवा मेची नेत्रालयद्वारा सुरु

दमक । झापाको दमकमा पहिलो पटक मेची नेत्रालय आँखा तथा कान अस्पतालबाट रेटिना (आँखाको पर्दा) सम्बन्धी सम्पूर्ण सेवाहरु आजबाट सुरु भएको छ ।

वि.सं. २०५४ सालबाट दमकको पाथिभरा नेत्रालयबाट आफ्नो पेशागत कार्य सुरु गरी विगत २३ वर्षसम्म झापाको विभिन्न ठाउँमा रही आखाँ बिरामीहरुको उपचार सेवामा निरन्तर लागिरहनु भएका आखाँको पर्दा रोग विशेषज्ञ डा. शरद चन्द्रप्रकाश राईले सेवा प्रदान गर्नेछ ।

प्रत्येक हप्ताको आइतबार र बिहिबार आँखाको पर्दा (रेटिना) सम्बन्धी सेवा सुरु भएको हो । आज आइतबार देखि सुरु भएको सो सेवा १५ जना सेवाग्राहीले पहिलो दिन प्राप्त गरेका छन् ।

सुगर, पेसर, बढि उमेर भएका मानिस र चोट लागेर आँखाको पर्दा च्यातिएमा आँखाको रेटिना सम्बन्धी समस्याहरु बढि मात्रामा आउने गरेको डा.राईले बताउनुभयो ।

अत्याधुनिक प्रविधिबाट सिलाई नगरी सल्यक्रिया गरी आँखाको पर्दा सम्बधी सेवा प्रदान गरिने अस्पताल प्रशासक प्रमुख पुनम प्रधानले बताउनुभयो ।

आँखाको जटिल उपचार आँखाको पर्दा (रेटिना) सम्बन्धी सेवा झापामा दैनिक रुपमा प्रदान गर्दै आइरहेको मेची नेत्रालय काकरभिट्टाले दमकमा पनि सेवा विस्तार गरि सेवा सुरु गरेको हो ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु