adv
adv

अब मुलुक त्रीपक्षीय शक्ति संघर्षमा : चेम्जोङ

झापा । जनता समाजवादी पार्टी नेपालका केन्द्रीय कार्यकारिणी समिति सदस्य रकम चेम्जोङले अबको नेपाली राजनीति त्रीपक्षीय शक्ति संघर्षबाट अघि बढ्ने बताएका छन् ।

सोमबार झापाको दमकमा आयोजित अगुवा कार्यकर्ता भेटघाटमा बोल्दै पूर्वमन्त्री चेम्जोङले हिजो कांग्रेस र कम्युनिष्ट मात्रै रहेको सत्ता राजनीतिको केन्द्रविन्दुमा अब जनता समाजवादी पार्टी, नेपाल पनि प्रवेश गरेको जिकिर गरेका हुन् ।

‘त्रीपक्षीय शक्ति संघर्षमा कांग्रेस र नेकपा भन्दा अग्रगामी, वैचारिक रूपले स्पष्ट र वास्तविक नेपाली जनताको शक्ति जसपा नै हो’, चेम्जोङले भने ।

कांग्रेस-कम्युनिष्ट एउटै सिक्काका दुई पाटो मात्रै रहेको भन्दै उनले झन्डा, चुनाव चिन्ह, मान्छे फरक भए पनि दुवै शक्ति यथास्थितिवादी रहेको आरोप लगाए ।

कोरोना समस्याको कारण पार्टी समायोजन प्रकृय लबिएको भन्दै चेम्जोङले ढिलोमा माघसम्ममा समायोजन प्रकृया सकेर पार्टी वैचारिक र सांगठानिक सुदृढीकरणमा लाग्ने दावी गरे ।

भेटघाटमा जसपा प्रदेश नं १ का अध्यक्ष प्रवीण चाम्लिङ, केन्द्रीय सदस्यहरु हरीदेवी राई लावती, लोकसागर सम्बा लगायत प्रदेश समिति, लिम्बुवान राष्ट्रिय समिति, स्तानीय तहका नेताहरु सहभागी थिए ।

Advertise Expired !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु