
झापा । चर्चित गायिका मेलिना राईको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ। सोमबार आफ्नो जन्मदिनको अवसर पारेर मेलिनाकै युट्युब च्यानल “मेलिना राई “ मार्फत ‘एक दिन’ बोलको म्युजिक भिडियो सार्वजनिक गरिएको हो।
गीतका शब्दहरू पहिलोपटक उनी आफैले लेखेकी हुन् । कम्पोज पनि उनकै रहेको छ भने एरेन्ज सन्जीव बराइलीको रहेको छ ।
गीतलाई लिएर आफू निकै उत्साहित भएको मेलिनाले बताइन्। उनले भनिन्, “आज विषेश आफ्नो जन्मदिनमा पहिलोपटक आफुले कोरेका शब्हरू दर्शक अनि श्रोतामाझ लिएर आएकी छु । पहिलेदेखि नै गीत लेख्ने र आफै कम्पोज गर्ने मन थियो र आगामी दिनमा पनि यसलाई निरन्तरता दिनेछु “ ।मेरो यो प्रयासलाई दर्शक-श्रोताले मनपराइदिनुहुन्छ भन्ने आशा छ।‘
अहिलेका व्यस्त म्युजिक भिडियो निर्देशक शान थापाको निर्देशनमा तयार भएको यस भिडियोमा मेलिना आफैँ फिचरिङ छन्।
भिडियोलाई अर्जुन तिवारी र बुद्द थापाले खिचेका हुन् भने सम्पादन सुप्रिम पराजुलीले गरेका छन्। (भिडियो हेर्न तल क्लिक गर्नुहोला)

