adv

नेपालमा मंगलबार थप १ हजार ३८२ जनामा कोरोना पुष्टि,२३ जनाको संक्रमितको मृत्यु

झापा । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३ सय ८२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

यससँग नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४३ हजार ३ सय ७७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार मंगलबार १ हजार ६ सय २१ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख २९ हजार ५४ पुगेको छ।हाल देशभर सक्रिय संक्रमितको संख्या १२ हजार ६ सय ८६ रहेको छ भने ५ सय २३ जना क्वारेन्टिनमा छन्।

यस्तै  पछिल्लो २४ घण्टामा थप २३ जना कोरोना संक्रमितको मृत्यु भएको छ।यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ६ सय ३७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु