adv

झापामा थप २८ जनामा कोरोना पुष्टि

झापा, २३ मंसिर । झापामा पछिल्लो २४ घण्टामा २८ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । जसमा १४ जना महिला रहेका छन् भने २४ जना पुरुष रहेका छन् ।

आज संक्रमण पुष्टि हुनेहरु सबै स्थानिय रहेका छन् । जसमा भद्रपुरका ६, मेचिनगरका ५, दमक र बिर्तामोडका ४–४, कन्काई, झापा र शिवसताक्षीका २–२, अर्जुनधारा, गौरादह र बुद्धशान्तिका १–१, जना गरि २८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

जिल्लामा आज सम्मको कुल कोरोना संक्रमितको संख्या चार हजार २१० पुगेको छ भने डिस्र्चाज हुनेको संख्या २ हजार ९६० पुगेको छ । झापामा हाल एक हजार १२२ जना सक्रिय संक्रमित रहेका छन् भने कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११७ रहेको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु