adv
adv

बिबाहकै दिनमा पत्रकार मैनालिद्वारा नारी सञ्चार गृहको अक्षयकोषलाई सहयोग

झापा,२६ मंसीर । झापाका महिला संचारकर्मीहरुको छाता संगठन नारी सञ्चार गृहले बहुउद्देश्यीय लक्ष्य राखेर स्थापना गरेको अक्षयकोषमा गृहकी सदस्य पत्रकार सुनीरा मैनालिने सहयोग रकम प्रदान गरेकी छिन् ।
 
आफुले पत्रकारिता सुरु गरेको ८ बर्ष पार गरेको अवसरमा मैनालीले आफ्नो बिबाहकै दिन उक्त सहयोग रकम प्रदान गरेकी हुन् ।
 
उनले आठ हजार आठ सय अठासी रुपैयाँ बराबरको चेक संचार गृहका अध्यक्ष भिमा शिवाकोटी,कोषाध्यक्ष,संस्थापक अध्यक्ष सावित्रा दाहाल, कोषध्यक्ष ज्योत्स्ना श्रेष्ठ,पूर्व सह-सचिब स्वस्तिका आचार्यसहितको टोलीलाई उक्त रकम हस्तान्तरण गरेको सचिव भूमिका लिम्बू फियाकले जानकारी दिईन् ।
 
सहयोग रकम हस्तान्तरण गर्दै मैनालीका पिताले आफ्नो छोरीको बिशेष दिनमा आफ्नो छोरी जस्तै पत्रकारिता पेशामा लागेका महिलाहरुको उदेश्यलाई सफल पार्नका लागि सो रकम हस्तान्तरण गर्न पाएकोमा खुसि भएको बताए ।
 
रकम ग्रहण गर्दै संस्थाकी अध्यक्ष भीमा शिवाकोटीले सदस्य मैनालीलाई बैबाहिक जीवनको शुभकामना संगै धन्यवाद ज्ञापन गर्दै बिहे पछाडी महिला पत्रकारहरु पत्रकारिताबाट टाढिने ट्रेन्डलाई गलत साबित गर्न आग्रह गरिन्। साथै लगभग दुईवर्ष अघिदेखि शुरु गरेको अक्षयकोषमा हालसम्म १३ लाख बढी रकम संकलन भइसकेको जानकारी दिईन्।
उक्त रकम हस्तान्तरण कार्यक्रममा नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष एकराज गिरी,सह-सचिब केशब भट्टराई लगायत दुलहीका आफन्तजनहरुको उपस्थिति रहेको थियो ।
 
झापाका महिला सञ्चारकर्मी संवद्ध नारी संचार गृहले २५ लाखको अक्षयकोष स्थापना गर्ने लक्ष्य राखेर रकम संकलन गर्दै आएको छ ।
 
Advertise Expired !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु