adv

पारस खड्कालाई कोरोना पुष्टी

काठमाडौँ । राष्ट्रिय क्रिकेट टोलीका सदस्य तथा पूर्व कप्तान पारस खड्कालाई कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ। पारसले आफैले शुक्रबार साँझ सामाजिक सन्जालमार्फत यसबारे जानकारी दिएका हुन्।

पारसले सामान्य संकेत देखिएपछि दुई दिनदेखि सेल्फ आइसोलेसनमा रहेको र बिहीबार गन्ध पनि थाहा पाउन छाडेपछि गरिएको परिक्षणमा शुक्रबार पोजेटिभ रिपोर्ट आएको उल्लेख गरेका छन्।

उनले आफु होम आइसोलेसनमा रहेको र केही दिनपछि सुरु हुने गौतम बुद्ध कप क्रिकेट खेल्न नसक्ने उल्लेख गरेका छन्। यसअघि राष्ट्रिय क्रिकेट टोलीका सन्दीप लामिछानेलाई पनि कोरोना संक्रमण देखिएको  थियो।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु