झापा, २६ मंसिर । झापामा पछिल्लो २४ घण्टामा १७ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । आज ४ जना महिला र १३ जना पुरुष थपिएका हुन् । योसहित झापामा कोरोना संक्रमितको संख्या ४ हजार २८० जना पुगेको छ ।
झापामा मृत्यु हुनेको संख्या १२० जना पुगेको स्वास्थ्य कार्यालय झापाका कोभिड फोकल पर्सन जीवन चौलागाईंले जानकारी दिएका छन् । उनका अनुसार कोरोना संक्रमितमध्ये ३ हजार २९० जना निको भएका छन् भने ९७१ जना सक्रिय संक्रमित रहेका छन् ।
आज थपिएका कोरोना संक्रमितमा मेचीनगरका ४ जना, विर्तामोड र अर्जुनधाराका ३-३ जना, कमल र दमकका २-२ जना तथा भद्रपुर, शिवसताक्षी र बुद्धशान्तिका १–१ जना रहेका छन् ।

