काठमाडौं, २५ मंसिर । नेपालमा कुल कोरोना संक्रमितको संख्या दुई लाख ४५ हजार बढी पुगेको छ । शुक्रबार २४ घण्टामा १२१७ जना नयाँ संक्रमित थपिएसंगै दुई लाख ४५ हजार ६५० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
संक्रमित मध्ये दुई लाख ३१ हजार ६०१ जना निको भएर घर फर्किसकेका छन् । हाल संक्रिय संक्रमितको संख्या १२ हजार ३८६ रहेको छ ।
पछिल्लो २४ घण्टामा १०६४ जना कोरोनामुक्त भएका छन् भने १२ जनाको मृत्यु भएको छ । योसंगै मृत्यु हुनेको संख्या १६६३ पुगेको छ ।

