adv
adv

कांग्रेस नेता कृष्णप्रसाद सिटौलालाई कोरोना पुष्टि

काठमाडौं, २७ मंसिर । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई कोरोना संक्रमण पुष्टि भएको छ । आफू संक्रमित भएको जानकारी सिटौला आफैंले सामाजिक सन्जालमार्फत् दिएका हुन् ।

उनले केही दिनयता आफ्नो निकट सम्पर्कमा रहेकाहरुलाई स्वास्थ्य परीक्षण गराउन अनुरोध गरेका छन् । उनले फेसबुकमा लेखेका छन्, ‘हिजो २०७७ साल मंसिर २६ गते गरिएको कोभिड–१९ को पीसीआर परीक्षणबाट मलाई पोजेटिभ देखिएकोले केही दिनयता मेरो नजिकको सम्पर्कमा रहनु भएका सबैले आवश्यकता अनुसार परीक्षण गर्नुहुन र सावधानी अपनाउनु हुन अनुरोध गर्दछु ।’

उनले शुक्रबार स्वाब परीक्षण गराएका थिए । शनिबार बिहान उनको रिपोर्ट पोजेटिभ आएको हो ।

कांग्रेस महामन्त्री सिटौलाले आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी पनि दिएका छन् । उनी हाल होम आइसोलेसनमै छन् ।

Advertise Expired !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु