adv

बिर्तामोडका थप एक कोरोना संक्रमितको मृत्यु

झापा । झापामा थप एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा बिर्तामोड नगरपालिका ४ निवासी भुजेल थरका ८१ वर्षीय वृद्ध रहेका छन् ।

बिर्तामोड नगरपालिकाका फोकल पर्सन ओम खड्काका अनुसार उनको शनिवार बिहान ४ बजे कोसी कोभिड हस्पिटल विराटनगरमा मृत्यु भएको ले जानकारी दिए हो । ती वृद्धलाई आठ दिनअघि संक्रमण पुष्टि भएको थियो ।

योसँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या बिर्तामोडमा १३ पुगेको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु