काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ८ सय ९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
यससँगै नेपालमा हालसम्म कोरोना संक्रमितको कुल संख्या २ लाख ४७ हजार ५ सय ९३ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार १ हजार ३ सय ५९ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्।
हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ३४ हजार २ सय ३१ पुगेको छ।
हाल देशभर ११ हजार ६ सय ७३ जना सक्रिय संक्रमित छन् भने ५ सय १९ जना क्वारेन्टिनमा छन्।
यस्तै पछिल्लो २४ घण्टामा नेपालमा थप १५ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ६ सय ८९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

