adv

मखमली महिला बचत तथा ऋण सहकारी संस्थाको १२ औं वार्षिक साधारण सभा सम्पन्न

मेचीनगर । झापाको काँकरभिट्टामा अवस्थित मखमली महिला बचत तथा ऋण सहकारी संस्थाको १२ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिबार मेचीनगर स्थित सहकारीको सभा कक्षमा जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेड झापाका सचिव लिलाप्रसाद भण्डारीको प्रमुख आतिथ्यतामा १२ औं वार्षिक साधारण सभा सम्पन्न भएको हो ।

कार्यक्रमको उद्घाटन सत्रका प्रमुख अतिथि भण्डारीले सहकारीको आर्थिक पक्षलाई चलायमान बनाई राख्न कर्मचारी वर्गले निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको बताएका छन् । उनले भने­‘वर्तमान विषम परिस्थितिमा पनि संस्थाको आर्थिक पक्षलाई धरासायी हुन नदिन कर्मचारीको भूमिका महत्वपूर्ण रहँदै आएको छ ।’ स्वास्थ्य सेवालाई प्रमुख प्राथमिकता दिएर संस्थाले फिजियोथेरापी सेवा सञ्चालन गर्नु मेचीनगरकै लागि गौरवको विषय भएको चर्चा गर्दै उनले सामाजिक उत्तरदायित्व बहन गर्न कुनै कसर बाँकी नराखेको बताए ।

संस्थाकी अध्यक्ष एवँ कार्यक्रमकी सभापति राधा प्रधान कार्कीले सभाको खुल्ला सत्रमा सहकारीले स्वास्थ्य सेवालाई ध्यानमा राखेर कार्यालय भवनमै फिजियोथेरापी सेवा सञ्चालन गर्न १० लाख रुपैयाँ लगानी गरेको बताईन् ।

संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष कार्कीले भनिन्­‘यो सेवालाई नियमित रुपमा सञ्चालन गर्न मेचीनगर नगरपालिकाले यसवर्ष १ लाख र मेचीनगर ६ नम्बर वडा कार्यालयले ५० हजार रुपैयाँ विनियोजन गरेको छ ।’सो अवसरमा विशिष्ट अतिथि मेचीनगर ६ नम्बर वडा कार्यालयका सदस्य राजकुमार श्रेष्ठ, समाजसेवी बिना तामाङ, आधुनिक बचत तथा ऋण सहकारी संस्थाका सचिव कमल थापा, मेचीनगर ब्यूटी पार्लर संस्थाकी अध्यक्ष चन्दा राईलगायतले शुभकामना मन्तब्य राखेका थिए ।

साधारण सभाको सन्दर्भ पारेर संस्थाले उत्कृष्ट बचतकर्तातर्फ मल्लिका शर्मा खरेल, उत्कृष्ट कर्मचारीतर्फ बिना लिम्बू र ज्येष्ठ नागरिकतर्फ बालकुमारी नेम्बाङलाई नगद राशीसहित सम्मान तथा पुरस्कृत गरेको छ ।

मेची मासु उत्पादक तथा उपभोक्ता सहकारी संस्थाका लेखा समिति संयोजक दुर्गाबहादुर लुईंटेललगायतको आतिथ्यता रहेको सभाको उद्घाटन सत्रमा स्वागत उपाध्यक्ष भुवन सुब्बा र सञ्चालन सदस्य सीता गुरुङले गरेकी थिईन् ।

सहकारीको सभा कक्षमा आयोजित बन्द सत्रमा संस्थाको वार्षिक प्रतिवेदनसहित अन्य एजेण्डामाथि छलफल भई सर्वसम्मत पारित भएको लेखा समिति सदस्य मणिकुमार लिम्बूले जानकारी दिए ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु