adv

नेकपाको स्थायी कमिटि बैठक आज बस्दै

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटि बैठक आइतबार दिउँसो बस्दैछ । एक हप्तापछि नेकपा स्थायी कमिटि बैठक पार्टी कार्यालय धुम्बाराहीमा बस्न लागेको हो ।

यसअघिको बैठकमा उपस्थित नभएका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पनि आइतबारको बैठकमा जाने सम्भावना छ । अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग विवाद चुलिएका बेला मंसिर २१ गते दुई पृष्ठ लामो पत्र पठाएर ओली अनुपस्थित भएका थिए ।

त्यो दिन बैठक केहीबेर मात्रै बसेको थियो । एक हप्ताको बिचमा विवाद समाधानको प्रयास स्वरुप अनौपचारिक छलफल भए पनि त्यसले ठोस प्रगति भने गर्न सकेको छैन ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु