adv

अमेरिकामा सोमबारदेखि कोरोना भाइरसविरुद्धको खोप अभियान सुरु हुने

काठमाडौं । अमेरिकामा आउँदो सोमबारदेखि कोरोना भाइरसविरुद्धको खोप अभियान सुरु हुने भएको छ।

नियामक निकाय फुड एण्ड ड्रग्स एड्मिनिस्ट्रेशन (एफडिए) ले आश्मिक प्रयोगका लागि फाइजर–बायोएनटेकको खोपलाई स्वीकृति प्रदान गरेसँगै सोमबारदेखि सर्वसाधारणलाई खोप दिने तयारी भएको हो ।

खोपको पहिलो ३० लाख डोज सबै राज्यहरुमा पठाइने अमेरिकी अधिकारीले बताएका छन् । यो हप्ताअन्त खोप पठाएपछि अभियान सुरु गर्ने तयारी भएको खोप वितरणको जिम्मेवारी पाएको नियका प्रमुख सैनिक जनरल गुस्ताभ पेर्नाले बताएका छन् ।

फाइजर–बायोएनटेकको खोपले कोरोना भाइरसको संक्रमणबाट ९५ प्रतिशतसम्म जोगाउन सक्ने देखिएको छ । सो खोपलाई एफडिएले सुरक्षित तथा प्रभावकारी देखिएको भन्दै स्वीकृति प्रदान गरेको हो ।

अमेरिकामा शनिबार एकै दिन कोभिड–१९ बाट तीन हजार ३०९ जनाको ज्यान गएको थियो । विश्वका कुनै पनि देशमा कोभिड–१९ का कारण एकै दिन सबैभन्दा धेरैको मृत्यु भएको घटना यहि नै रहेको जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ ।

महामारीबाट विश्वमा सबैभन्दा धेरै प्रभावित भएको अमेरिकामा कुल संक्रमितको संख्या एक करोड ६० लाख ३८ हजार भन्दा धेरै पुगेको छ । कोभिड–१९ बाट दुई लाख ९७ हजार सात सय अमेरिकीको ज्यान गइसकेको छ ।

नोभेम्बर यता अमेरिकामा संक्रमण तथा मृत्यु हुनेको संख्या अति तीव्र गतिमा बढिरहेको छ ।

राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले फाइजरको खोपलाई स्वीकृति प्रदान गर्न एफडिएलाई तीव्र दबाब दिएको थियो ।

सबैभन्दा पहिले स्वीकृति प्रदान गरेको बेलायतमा खोप अभियान सुरु भइसकेको छ । यस्तै क्यानडा, बहराइन तथा साउदी अरेबियाले पनि फाइजरको खोपलाई स्वीकृति प्रदान गरेका छन् ।

 

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु