adv

कोरोना अपडेट : २४ घण्टामा थप ८३० जनामा कोरोना पुष्टि,१ हजार ५०० डिस्चार्ज ,९ जनाको मृत्यु

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ८ सय ३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

यससँगै नेपालमा हालसम्म कोरोना संक्रमितको कुल संख्या २ लाख ४८ हजार ४ सय २३ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार १ हजार ५ सय जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्।

हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ३५४ हजार ७ सय ३१ पुगेको छ।

हाल देशभर १० हजार ९ सय ९४ जना सक्रिय संक्रमित छन् भने ५ सय १६ जना क्वारेन्टिनमा छन्।

यस्तै पछिल्लो २४ घण्टामा नेपालमा थप ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ६ सय ९८ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु