adv

नेपालमा सोमबार थप ८२१ जनामा कोरोना पुष्टि, १८ जना संक्रमितको मृत्यु

काठमाडौँ, २९ मंसिर । नेपालमा  पछिल्लो २४ घण्टामा थप  ८२१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ४९ हजार २४४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

सोमबार थप १८ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ७ सय १६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अद्यावधिक गरेको तथ्यांकमा उल्लेख छ।

नेपालमा हालसम्म १८ लाख ३६ हजार ४६४ जनाको पीसीआर परीक्षण भएको छ। हाल क्वारेन्टाइनमा ४७१ रहेको मन्त्रालयले जनाएको छ। नेपालमा हालसम्म सक्रिय संक्रमितमध्ये १० हजार ९५५ रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

आज ८४२ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै कुल निको हुनेको संख्या २ लाख ३६ हजार ५७३ पुगेको छ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु