adv

दमकमा दुम्सेली खुला नकआउट फुटबल प्रतियोगिता हुने

दमक । चुलाचुली फुटबल क्लबको आयोजनामा पुस २ गतेदेखि दुम्सेली खुला नकआउट फुटबल प्रतियोगिता हुने भएको छ ।

दमक ३ दुम्सेस्थित चुलाचुली खेल मैदानमा हुने प्रतियोगितामा झापा र मोरङका १२ वटा फुटबल क्लबले सहभागिता जनाउने निश्चित भइसकेको छ ।

पुस १२ गते हुने फाइनल खेलको विजेताले नगद २५ हजार र उपविजेताले १५ हजार पाउने आयोजकले जनाएको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु