adv

हाँस्यकलाकार मनोज गजुरेल पूर्वपत्नि विरुद्ध कानूनी उपचारमा जाने

काठमाडौँ । हाँस्यकलाकार मनोज गजुरेलले पूर्वपत्नि विरुद्ध कानूनी उपचारमा जाने बताएका छन्। फेसबुकमा लामो बुदाँगत रुपमा आफू कानूनी उपचारमा जानुको कारण खुलाएका गजुरेलले आफूले पूर्वपत्निबाट बारम्बार गाली बेइजती भोग्नु परेको उल्लेख गरेका छन्।

उनले अदालतसामु नखुलाएको सम्बन्ध विच्छेदको कारण अब खुलाउनुपर्ने अवस्था आएको पनि उल्लेख गरेका छन्।

यतिका समयसम्म चुप बस्नुको कारण दुई सन्तानको अभिभावकको जिम्मेवारीको कारण भएको बताएका छन्। तर यसको नराम्रो प्रभाव आफ्नो सन्तानमा परेको र पारिवारिक माहोल बिग्रन लागेको भएर पनि आफू कानूनी उपचारमा जान लागेको उनले उल्लेख गरेका छन्।

हाँस्यकलाकार गजुरेलको तीन वर्ष अगाडि आफ्नो वैवाहिक सम्बन्धलाई कानूनी रुपमा टुंगाएका थिए। त्यतिबेला छोरा मनोजसँग बस्ने र छोरी मिनासँग बस्ने भनेर सम्झौता भएको थियो। तर गजुरेलले छोरी ८ महिनामा नै घर फिर्ता आएको र लेनदेनको नाममा लागेको अंश बाहेक अरु लेनदेन नरहेको पनि उल्लेख गरेका छन।

सामाजिक सञ्जालमा भईरहेको अनावश्यक टिप्पणी, युट्युबमा बाबुनानीहरुको फोटोको दुरुपयोगले आफ्ना सन्तानको पढाई र जीवनमा पनि आघात परिरहेको पनि बताएका छन्।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु