adv

नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ५० हजार १८० पुग्यो

काठमाडौँ । नेपालमा हालसम्म कोरोना संक्रमितको कुल संख्या २ लाख ५० हजार १ सय ८० पुगेको छ। पछिल्लो २४ घण्टामा थप ९३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसंगै कुल संख्या २ लाख ५० हजार १ सय ८० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

 मन्त्रालयका अनुसार मंगलबार १९९६ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ३८ हजार ५ सय ६९ पुगेको छ।

हाल देशभर ९ हजार ८ सय ८१ जना सक्रिय संक्रमित छन् भने ४ सय ५७ जना क्वारेन्टिनमा छन्।

यस्तै पछिल्लो २४ घण्टामा नेपालमा थप १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ७ सय ३० पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु