adv

बैंक तथा वित्तीय संस्थाले ल्यायो नयाँ ब्याज दर,अब कुन बैंकमा कति ब्याज दर ?

काठमाण्डौ । बैंक तथा वित्तीय संस्थाले नयाँ ब्याज दर ल्याएका छन् । चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक सुरु भएसँगै विभिन्न वाणिज्य बैंक, विकास बैंक तथा वित्तीय संस्थाहरुले नयाँ ब्याज दर तय गरेका हुन् । नयाँ ब्याज दर बुधबारदेखि नै लागू हुने राष्ट्र बैंकले जनाएको छ ।

गएको हप्ता राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले बचतमा दिइने र ऋणमा लिइने ब्याज दरबीचको अन्तर तोकेको थियो । राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिकको समीक्षा गर्दै मुद्दति निक्षेपको माथिल्लो र बचतको न्यूनतम ब्याज बीचको अन्तर ५५ भन्दा बढी हुन नहुने नीतिगत घोषणा गरेको थियो ।

अहिले धेरै बैंकहरुले साधारण बचत खाताको ब्याज दर २५ भन्दा तल झारेका छन् । जसले बचतकर्तालाई निराशा बनाएको छ । राष्ट्र बैंकले बचतको ब्याज दर धेरै घट्न नदिनका लागि ल्याएको नीतिले खासै काम गर्ने देखिएको छैन । तर, बैंक ब्याज दर घट्दा सेयर बजारलाई भने प्रत्यक्ष फाइदा पुग्नेछ ।

अब कुन बैंकमा कति ब्याज दर रु
राष्ट्रिय वाणिज्य बैंक
सरकारी स्वामित्वमा रहेको राष्ट्रिय वाणिज्य बैंकले नयाँ ब्याज दर अनुसार बचतको न्यूनतम ब्याजदर २५ र अधिकतम ४५ निर्धारण गरेको छ । व्यक्तिगत मुद्दतिको अधिकतम ब्याज दर ७।२५५ निर्धारण गरेको छ । यो ब्याजदर निश्चित क्षेत्रकाले मात्र पाउँछन् भने आम बचतकर्ताका लागि मुद्दतिमा अधिकतम ब्याज दर ७५ छ ।

कृषि विकास बैंक
नयाँ ब्याज दर अनुसार कृषि विकास बैंकले बचतको ब्याज ३५ निर्धारण गरेको छ । व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याज दर ७।२५५ कायम गरेको छ ।

नेपाल बैंक
नेपाल बैंकले बचतको न्यूनतम ब्याज २५ देखि अधिकतम ४५ सम्म ब्याजदर कायम गरेको छ । व्यक्तिगत मुद्दतिको अधिकतम ब्याज ७५ तोकेको छ । असोज मसान्तसम्म बैंकको आधार दर ६।८१५ छ । यसमा १५ देखि ४।६६५ सम्म प्रिमियम थप गरेर कर्जा दिन्छ । स्थिर ब्याजको न्यूनतम ब्याजदर ९।३५५ देखि १३।३५५ सम्म छ ।

नेपाल इन्भेष्टमेन्ट बैंक
नेपाल इन्भेष्टमेन्ट बैंकले बचत खाताको न्यूनतम ब्याज दर २।२५५ र अधिकतम ४।२५५ निर्धारण गरेको छ । व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याज दर भने ९५ राखेको छ । ९५ ब्याज ५ वर्षभन्दा माथिका निक्षेपकर्तालाई मात्र हो । बैंकले एक वर्षे मुद्दतिको ब्याज दर ७।७५५ निर्धारण गरेको छ । त्यस्तै, ३ महिनाको मुद्दतिमा ५५ र ६ महिनादेखि १ वर्षको लागि ६।७५५ रहेको छ ।

स्टान्डर्ड चार्टर्ड बैंक
स्टान्डर्ड चार्टर्ड बैंक नेपालले बचतको न्यूनतम ब्याजदर २।५०५ निर्धारण गरेको छ । व्यक्तिगत मुद्दतिको अधिकतम ब्याज ६५ रहेको छ ।

एनआइसी एसिया बैंक
एनआइसी एसिया बैंकले अहिले मुद्दति निक्षेपको ब्याज दर घटाएको छ । बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार मुद्दति निक्षेपमा ६।५०५ सम्म ब्याज पाइनेछ । बैंकको कात्तिक मसान्तसम्मको आधार दर ६।५०५ छ ।

नेपाल एसबीआई बैंक
नेपाल एसबीआई बैंकले बचतको ब्याज १५ देखि ३५ तोकेको छ भने व्यक्तिगत मुद्दतिको अधिकतम ६५ र न्यूनतम ४५ निर्धारण गरेको छ । यता, बैंकको कात्तिक मसान्तसम्मको आधार दर ८।३७५ छ । यसमा न्यूनतम १।५०५ देखि अधिकतम ५५ सम्म प्रिमियम थप गरेर कर्जाको ब्याजदर निर्धारण हुने बैंकले जनाएको छ ।

नबिल बैंक
नबिल बैंकले बचतमा न्यूनतम १।५०५ देखि अधिकतम ३।५०५ सम्म ब्याज दर निर्धारण गरेको छ । व्यक्तिगत मुद्दतिमा अधिकतम ८५ दिने भनेको छ । एक वर्षे मुद्दतिको ब्याज ७।५०५ मात्र छ । स्थिर ब्याजमा घर कर्जाको लागि बैंकले न्यूनतम ८।४९५ देखि ११।५०५ सम्म ब्याजदरमा कर्जा दिने बताएको छ ।

सेञ्चुरी कमर्सियल बैंक

सेञ्चुरी कमर्सियल बैंकले बचतको न्यूनतम ब्याज २।५०५ र अधिकतम ४।५०५ राखेको छ । व्यक्तिगत मुद्दतिको अधिकतम ब्याज ८५ कायम गरेको छ । ८५ ब्याज ३ वर्षदेखि माथिको मुद्दति निक्षेपका लागि हो । एक वर्षे मुद्दतिको ब्याज साढे ७।५०५ छ ।

एनएमबी बैंक
एनएमबी बैंकले बचतको न्यूनतम ब्याज दर ३५ र अधिकतम ५५ तोकेको छ । व्यक्तिगत मुद्दतिको अधिकतम ब्याज ८५ र न्यूनतम ५।७५५ तोकेको गरेको छ । असोज मसान्तसम्मको अधारदर ७।८५५ रहेको छ । यसमा अधिकतम ५५ सम्म प्रिमियम थप गरेर कर्जा प्रवाह गर्ने बैंकको भनाई छ । स्थिर कर्जाका लागि बैंकले न्यूनतम ९।२५५ देखि अधिकतम १२।२४५ सम्म ब्याज दर निर्धारण गरेको छ ।

मेगा बैंक
मेगा बैंकले बचतको न्यूनतम २।५०५ देखि अधिकतम ४।५०५ सम्म ब्याज दर लागू गरेको छ । व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ७।५०५ निर्धारण गरेको छ ।

एभरेष्ट बैंक
एभरेष्ट बैंकले नयाँ ब्याज दर अनुसार बचतको न्यूनतम ब्याज २५ देखि अधिकतम ४५ सम्म तोकेको छ । व्यक्तिगत मुद्दतिको अधिकतम ब्याज ७५ तोकेको छ ।

माछापुच्छ्रे बैंक
माछापुच्छ्रे बैंकले बचतको न्यूनतम ब्याज २।५०५ देखि ४।५०५ सम्म निर्धारण गरेको छ भने व्यक्तिगत मुद्दतिको अधिकतम ब्याज ८।५०५ निर्धारण गरेको छ । एक वर्षे मुद्दतिको ब्याज भने ८।२५५ कायम गरेको छ ।

कुमारी बैंक
कुमारी बैंकले पनि बचत खातामा न्यूनतम १।७५५ देखि अधिकतम ४।५०५ ब्याजदर तोकेको छ भने व्यक्तिगत मुद्दति निक्षेपमा ५।५०५ देखि ७।५०५ सम्म ब्याजदर निर्धारण गरेको छ ।

सानिमा बैंक
नयाँ ब्याजदर अनुसार सानिमा बैंकले बचतको ब्याज न्यूनतम २।५०५ निर्धारण गरेको छ । व्यक्तिगत मुद्दतिको १०५ निर्धारण गरेको छ । यो ब्याज ५ वर्षे मुद्दतिको हो । एक वर्षे मुद्दतिको ब्याज भने ७५ छ ।

सिद्धार्थ बैंक
सिद्धार्थ बैंकले बचतमा न्यूनतम २५ देखि अधिकतम ४५ सम्म ब्याजदर दिने उल्लेख गरेको छ । बैंकले मुद्दति निक्षेपमा व्यक्तिगततर्फ न्यूनतम ६५ देखि अधिकतम ७।५०५ सम्म ब्याजदर दिने भएको छ ।

ग्लोबल आइएमई बैंक
ग्लोबल आइएमई बैंकले बचतमा न्यूनतम २५ ब्याजदर तोकेको छ । व्यक्तिगत मुद्दतिमा अधिकतम ८।५०५ ब्याज निर्धारण गरेको छ ।

नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंक
नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंकले बचतको न्यूनतम ब्याजदर ३५ निर्धारण गरेको छ । व्यक्तिगत मुद्दतिको ८५ निर्धारण गरेको छ ।

लक्ष्मी बैंक
लक्ष्मी बैंकले बचत खातामा न्यूनतम २५ देखि अधिकतम ४५ सम्म ब्याजदर तोकेको छ । मुद्दति निक्षेपमा व्यक्तिगततर्फ ३ महिनाका लागि ६।५५ देखि ५ वर्षभन्दा बढीको हकमा ८।५५ ब्याज दिनेछ ।

सनराइज बैंक
सनराइज बैंकले बचतमा न्यूनतम २५ देखि अधिकतम ३।५०५ सम्म ब्याज दिने भएको छ भने मुद्दति निक्षेपमा व्यक्तिगततर्फ ७५ ब्याज निर्धारण गरेको छ ।

बैंक अफ काठमान्डू
बैंक अफ काठमान्डूले बचततर्फ न्यूनतम २५ देखि अधिकतम ३।५०५ सम्म ब्याजदर निर्धारण गरेको छ भने व्यक्तिगत मुद्दति निक्षेपमा ५५ देखि ७५ ब्याजदर तोकेको छ ।

प्रभु बैंक

प्रभु बैंकले बचतको न्यूनतम ब्याजदर २५ निर्धारण गरेको छ भने व्यक्तिगत मुद्दतिको अधिकतम ७।५०५ ब्याजदर निर्धारण गरेको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु