adv

तेह्रथुमको आठराईमा भिरबाट लडेर १ जनाको मृत्यु

तेह्रथुम, १ पौष  । तेह्रथुमको आठराई गाउँपालिका ५ होडाका ५० बर्षीय बिजय कुमार राईको भिरबाट लडेर मृत्यु भएको छ । मंगलवार राती ८ बजेको समयमा अर्थुङगे भिरबाट अचानक १०० मिटर तल खसेका राईको घटनास्थलमा नै मृत्यु भएको हो ।

स्थानीय ५० बर्षीय आँखा नदेख्ने धामी केशर बहादुर राईलाई आफ्नो घरमा धामी बसाउनका लागी डोर्‍याएर ल्याउने क्रममा बाटोमा रहेको अर्थुङगे भिरबाट लडी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।

घटनाका बारेमा ईलाका प्रहरी कार्यालय आठराईबाट प्रहरी टोली खटि गई कानूनी प्रकृया गरी अन्य थप अनुसन्धान भईरहेकोछ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु